सीप र कलालाई उत्पादनमुलक काममा लगाउँछौं: राज्यमन्त्री ठकुरी
![IMG_20240202_153004 IMG_20240202_153004](https://www.arthikpati.com/wp-content/uploads/2024/02/IMG_20240202_153004-1024x768-4160x3120.jpg)
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले नेपालका ऐतिहासिक शिप, कला र ज्ञानलाई निती परिर्तन गरेर भए पनि उत्पादन मुलक काममा प्रयोग गर्ने तयारीमा मन्त्रालय लागि परेको बताएकी छन् ।
शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले अयोजना गरेको दलित समुदायको ऐतिहासिक कला, संस्कृति, ज्ञान, सीपको जर्गना र आधुनिक सीपशाला निर्माण तथा सीपको संथागत विकास सम्बन्धमा राज्यको भुमिका विषयक कार्यशाला गोष्ठमा बोल्दै राज्यमन्त्री सिर्पालीले सो कुरा बताएकी हुन । संविधानमा उत्पडित वर्गको मुक्ति र विभेद रहितको विषय आए पनि शिप र कलाको प्रवर्धनमा ाज्यमा ऐन र कानुनको रिक्तता पुरा गर्ने तयारीमा मन्त्रालयले संस्कृति ऐन बनाउन लागेको बताएकी छन् । मख्य रुपमा दलित समुदायको आर्थिक स्तर नउठदा सम्म दलितका शिप र कलाहरुको ब्यावसायीकराण हुन नसक्ने बताइन ।
गोष्ठीमा प्राध्यापक डाक्टर विद्यानाथ कोईराला, प्राध्यापक ईश्वर चन्द्र ज्ञवाली र अधिवक्ता मोती नेपालीले कार्यपत्र पेश गर्नु भएको थियो भने तीन वटै कार्यपत्रमा डा. गोविन्द नेपालीले टिप्पणी गरेको सस्कृति महाशाखाका प्रमुख सुरज शरस क्षेष्ठले बताए । । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका सचिव डा.दिपक काफलेले स्वागत मन्तव्य दिएका थिए ।
गोष्ठीमा बोल्ने क्रममा सहभागिहरुले संघियता आएको १५ वर्ष विती सक्दा पनि दलितहरु माथि हुने विभेद कम नभएको भन्दै राज्य पक्षले यस विषयमा गम्भिरताका साथ लिनु पर्ने भन्दै कुरा उठाएका छन । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको संस्कृति महाशाखाका प्रमुख डा.सुरस सरस श्रेष्ठले अध्यक्षता गरेको उक्त कार्यक्रममा राष्टिय योजना आयोगका सदस्य डा.रामकुमार फुईयाल, पुर्वमन्त्री दलजित सिर्पाली, राष्टिय दलित आयोगका अध्यक्ष लगाएतको उपस्थिती रहेको थियो ।