नेपाल राष्ट्र बैंकको सन्देशमूलक भिडियो, ‘हल्लाको पछि नलागौं, समयमै कर्जा तिरौं’
![Nepal Rastra-Bank- Nepal Rastra-Bank-](https://www.arthikpati.com/wp-content/uploads/2024/01/Nepal-Rastra-Bank-1-1-1024x585.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले समयमा कर्जा तिर्नु पर्ने भन्दै एक सन्देशमूलक भिडियो बनाएको छ । केन्द्रीय बैंकले ‘हल्लाको पछि नलागौं, समयमै कर्जा तिरौं’ नामको भिडियो सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक गरेको हो । भिडियोमा संस्थाहरुले अरु सर्वसाधारणले बचत गरेको पैसाले ऋण दिएको र ऋणीहरुको त्यो रकम चुक्ता गर्नु पर्ने नैतिक दायित्व हो भन्ने मुख्य संदेश दिएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले दिएको कर्जा तिर्नु पर्दैन भनेर विभिन्न समूहले ऋण लिनेहरुलाई उकास्न खोजेको घटनहरु बाहिर आएका छन् । त्यसैले केन्द्रीय बैंकले कर्जा लिएकाहरुलाई लक्षित गरी यो भिडियो बनाएको हो ।