काठमाडौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दुई नयाँ शाखा विस्तार
![nepal-investment-mega-bank-sakha nepal-investment-mega-bank-sakha](https://www.arthikpati.com/wp-content/uploads/2024/01/nepal-investment-mega-bank-sakha-900x500.jpg)
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।
बैंकले काठमाडौं महानगरपालिका–३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका–२९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएकोे हो । यी दुई शाखाहरु गरी बैंकको शाखा संख्या २६४ पुगेको छ । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।
नयाँ शाखाहरुको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले गरेका हुन् ।
पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुले उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु पाउने विश्वास व्यक्त गरे ।
काठमाडौं उपत्यकामा चाँडै नै थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।