मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक हुने
![415502744_3212309172399066_8877228501523290605_n 415502744_3212309172399066_8877228501523290605_n](https://www.arthikpati.com/wp-content/uploads/2024/01/415502744_3212309172399066_8877228501523290605_n-1024x461-2040x918.jpg)
काठमाडौं । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो ।
सभाले ७३:१०० को अनुपातमा सेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालक समितिको निर्विरोध चयन पनि गरेको छ । गाभिने सम्बन्धमा दुई संस्थाबीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो ।
सभाले गाभिने सम्बन्धमा बाँकि रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । श्रीजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै गाभिने लगायतका प्रस्ताव पारित गरेको छ ।