बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते
![Accident-696x392 Accident-696x392](https://www.arthikpati.com/wp-content/uploads/2024/01/Accident-696x392-1-1024x585.jpg)
ढोरपाटन (बागलुङ) । बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।
दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । रासस