रिलायबल नेपाल लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा
![reliable Nepal Life Insurance Logo reliable Nepal Life Insurance Logo](https://www.arthikpati.com/wp-content/uploads/2024/01/reliable-Nepal-Life-Insurance-Logo-1024x767-1024x585.jpg)
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९-८० को नाफाबाट १६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यस कम्पनीको मंगलबार (पुस २४ गते) बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनश सेयर र कर तिर्न ०.८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरण र यस कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।