नबिल बैंकले बोलायो साधारणसभा, लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको छ।
बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले पुस १३ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेदेखि सुरु हुने छ।
नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि शेयरधनीले सो लाभांश पाउने छन्।
Visited 1 times, 1 visit(s) today


