वीर र सशस्त्र प्रहरी अस्पतालका स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ उड्यो सेनाको स्काई ट्रक
![158555691891401024_10219430424345045_618-768x302 158555691891401024_10219430424345045_618-768x302](https://www.arthikpati.com/wp-content/uploads/2023/11/158555691891401024_10219430424345045_618-768x302-1-768x302.jpg)
काठमाडौं । सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ ।
सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।
खड्काका अनुसार, दाङबाट विपद् उद्दारका लागि डीआरएस (डिजास्टर रेस्पोन्स सिस्टम) को कन्टेनर पश्चिम रुकुमतर्फ पठाइएको छ । त्यस्तै, सुर्खेतबाट दुई वटा कन्टेनर जाजरकोटतर्फ पठाइएको एसएसपी खड्काले बताए ।