१५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न आँखुखोला जलविद्युतलाई स्वीकृती
काठमाडौँ । विद्युत नियमन आयोगले आँखुखोला जलविद्युत कम्पनीलाई १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृती प्रदान गरेको छ।
आयोगले कम्पनीलाई हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्नेछ।
जेठ १८ गते बसेको आयोगको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ।
Visited 1 times, 1 visit(s) today


