अर्थमन्त्रीले गभर्नरसँग भने–ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउनुपर्यो
काठमाडौं । पछिल्लो समय वित्तीय क्षेत्रमा रहेका समस्याबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।
उनले मंगलबार गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकको टोली र अर्थ मन्त्रालयका अधिकारीसहितको टोलीसँग औपचारिक छलफल गरेका हुन् । छलफलका क्रममा ब्याजदर वृद्धि, तरलता अभावको समस्यालाई न्यूनिकरण गरेर अर्थतन्त्रलाई चलायमान बनाउन गभर्नर महाप्रसाद अधिकारीलाई अर्थमन्त्री महतले लाई भनेका छन् ।
यता, गभर्नर अधिकारीले पनि ब्याजदर घट्दोक्रममा रहेको र बैंकमा लगानीयोग्य रकम पनि बढ्दै गएको जानकारी अर्थमन्त्रीलाई दिएका थिए ।
व्यावसायिक वातावरण विस्तारै लयमा फर्किँदै गएको गभर्नरको भनाई छ । साथै, उनले पुँजीगत खर्च बढाउन, निमार्ण व्यवसायीको भुक्तानीलाई तीब्रता दिन अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।


