शुक्रबार सुन-चाँदीको भाउ सामान्य घट्यो |
काठमाडौँ । सुनको भाउ शुक्रबार तोलामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो ।
यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ १२ सय ७० रुपैयाँ रहेको थियो ।


