३० मुख्य सहरहरूमा टिभीएसको माइलेज क्याम्प |

काठमाडौँ । टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य सहरहरूमा टिभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ । यस माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज र्याली जस्ता विभिन्न कार्यक्रमहरू गरिँदैछ ।
माइलेज क्याम्पमा सहभागी सबै एनटर्क राइडरहरूलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै लेबर चार्जमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै सहभागीहरूलाई विभिन्न सम्मान पत्र, गिफ्ट ह्याम्पर्स र अन्य पुरस्कारहरू प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।
माइलेज क्याम्पको बारेमा बोल्दै जगदम्बा मोटर्सका सीइओ दीपक अग्रवालले भने, ‘यो माइलेज क्याम्प गर्नुको मुख्य उद्देश्य हाम्रा ग्राहकहरूसँग भेटघाट र अन्तर्क्रिया गर्नु हो जसमा नेपालभरका विभिन्न सहरबाट उत्साहजनक सहभागिता रहेको छ । हाम्रा उत्पादनहरूले हाम्रा ग्राहकहरूलाई दिएको सन्तुष्टि र खुसी देखेर हामी अत्यन्तै खुसी छौँ ।’
यस माइलेज क्याम्पमा अहिलेसम्म काठमाडौँ, नारायणघाट, हेटौँडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य सहरबाट १००० भन्दा बढी एनटर्क राइडर सहभागी भइसकेका छन् । माइलेज क्याम्पमा सहभागी हुनका लागि आफ्नो नजिकैको टिभिएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्नेछन् ।