नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड ‘मार्क्यु राइड’ सुरु |

काठमाडौँ । अपाचे ओनर्स ग्रुप (एओजी)ले पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजनागरेको छ । बिहीबारबाट सुरु भएको अपाचे ओनर्स ग्रुप (एओजी) को मार्क्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरू सहभागी भएका छन्। उक्त यात्रा २१ दिन लामो हुनेछ ।
पहिलो दिन काठमाडौंबाट रक्सौलहुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६ हजार ५ सय किलोमिटर लामो हुने अनुमान गरिएको छ । मानिस र मशीन बिचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन् । कार्यक्रमका लागि ५ सयभन्दा बढी अपाचे राइडरहरूले अनलाइन आवेदन दिएका थिए ।
काठमाडौंबाट सुरु हुने यो राइड रक्सोल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगावाद, सातारा, गोवा, उडुपी, मैसुर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौलहुँदै काठमाडौंमा आएर सम्पन्न हुनेछ ।
राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुटहुँदै गोवा जानेछन् ।राइडरहरूले राइडका क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरूको पनि भ्रमण गर्नेछन् ।
यस राइडका क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिब फेस्टिबल हुनेछ, जहाँ विभिन्न बाइकिब गतिविधिहरूका साथै गिगहरूमा र टीभीएसका उत्कृष्ट बाइक, बाइकिब पोशाक र प्रविधिहरूको प्रदर्शनी गरिनेछ ।
मार्क्यु राइडमा चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरहरूले भाग लिनका लागि आवेदन दिन पाउनेछन् । अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकहरू सहभागी रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ ।
टीभीएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्लस राइड गरी २८ वटा राइड सफलतापूर्वक आयोजना गरेको छ । यी राइडहरू काठमाडौं, कोसी, गण्डकी, लुम्बिनी, बिर्तामोड, नारायणीलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए ।
अत्यधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।