हुण्डाईको विद्युतिय गाडी खरिदमा अफर योजना |

काठमाडौं । नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रा.लि.ले आफ्नो विद्युतिय गाडी कोना तथा आयोनिक ५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ।
One more Reason to go Electric नारा सहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतिय गाडी कोना तथा आयोनिक ५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोशको वाशिङ्ग मेशिन उपहार प्राप्त गर्न सक्नेछन् ।
अहिलेको आवश्यकता अनुरुप विद्युतिय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ।
हुण्डाई कोना तथा आयोनिक ५ नेपालको विद्युतिय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा आउँछ र यी दुवै उत्पादनहरुले ग्राहकहरुको मन जित्न सफल भएका छन् । आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुण्डाईको विश्वसनीयताले कोना तथा आयोनिक ५ विद्युतिय गाडीको पर्यायवाची बनिसकेको बताईएको छ।
विद्युतिय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टलले आक्रामकरूपमा चार्जिङ्ग स्टेसनहरुको निर्माण गरिरहेको छ। विद्युतिय गाडीको विक्री वितरणमा हुण्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथली स्थित नेपालको एक मात्र विद्युतिय गाडीको एक्सक्लुसिभ शोरूम संचालन गरेर नयाँ आयाम कायम गर्दै आएको छ।
कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूसहित ४० ओटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ।