सनराइज फोकस्ड इक्विटीको इकाई बाँडफाँट |
काठमाडौँ । सनराइज फोकस्ड इक्विटी फण्ड स्कीमको बन्दमुखी योजनाको कूल १२ करोड इकाईमध्ये १० करोड २० लाख इकाई सर्वसाधारणहरुका लागि निष्कासन गरेकाे छ ।
सनराइज बैंक कोष प्रवर्द्धक र सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सनराइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सनराइज फोकिस्ड इक्विटी फण्ड स्कीमको माघ १० देखि माघ २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको छ। इकाई खरिदका लागि निर्धारित समयावधिमा लगानी गर्ने संघ संस्था लगायत सर्वसाधारणका तर्फबाट रितपूर्वक प्राप्त भएको आवेदन (बीज पूँजी सहित) २९ हजार ९०३ वटा आवेदनहरुबाट १० करोड इकाई खरिदका लागि आवेदन प्राप्त भएकाे थियाे ।
धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम बाँडफाँट गरी सनराइज फोकस्ड इक्विटी फण्ड योजनाको आकार एक अर्ब रूपैयाँ कायम गरिएको छ।


