सेगवे नाइनबटको नयाँ हाई पावर ईस्कुटर एन१०० नेपाली बजारमा सार्वजनिक, केके छन् विशेषता ? |

काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइ.हब प्रा.लि ले एन–सिरीज अन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ ।
बढी पावरको साथ नाइनबट एन१०० एन सिरीज अन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो ।
सेगवे ले ग्राहकहरुको उपस्तिथतिमै भर्खरै बजारमा ल्याउँदै गरिएको एन१०० लगायत अन्य उत्पादनहरू अनुभव गर्नको लागि रमाइलो कार्निभल आयोजना समेत गर्दै छ।
कार्यक्रम यही माघ २७ देखि फाल्गुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा हुनेछ । सहभागीहरूले सेगवेका नयाँ उत्पादनहरूको टेस्ट राइड गर्नसक्ने सुविधा रहेको छ।
सेगवे नाइनबट एन१०० को बारेमाः
सेगवे नाइनबटको एन१०० ७२ ईलेक्ट्रिक मोटरसाइकल हो। यसमा मा २हजार २ सय वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ। उक्त मोटरले एक पटकको चार्जमा १०५ कि.मी सम्मको यात्रा गर्न सकिन्छ ।
यसमा कम्प्याक्ट डिजाइनको अतिरिक्त अत्याधुनिक मोबाइल एप सहित अत्याधुनिक प्रविधि पनि जडान गरिएको छ जसमा सवारी चालकहरुको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ । एपले प्रकाश, गति र पावर सेटिङहरु सहित अनुकूलन विकल्पहरुको पहुँच प्रदान गर्दछ ।
सेगवे नाइनबट एन१०० ईलेक्ट्रिक स्कुटरमा उत्कृष्ट विशेषताहरु छ जसले यात्रालाई सुविधाजनक र सुरक्षित बनाउँदछ ।
यो स्कुटीमा राईडी गो, जसले जसले स्मार्टफोनको साथ जोडेर स्कुटर छिटो र सजिलै संग सुरु गर्न र रोक्न सहयोग गर्छ। नाइनबट एयरलक जसले नाइनबट एयरलकले ब्लुटुथ जडानको साथ लक र अनलक गर्न सकिन्छ र स्कूटरको लागि थप सुरक्षा प्रदान गर्दछ ।
अटो–सेन्सर्स
पार्किङ सेन्सरले स्कूटर पार्क गर्दा सारिएको बेला सचेत गराउँछ, र सिटमा कोही बस्दा सिट सेन्सरले स्वचालित रूपमा पावर बन्द गर्दछ ।
इलेक्ट्रिक लक
स्कुटरमा सिट डिकीको लागि इलेक्ट्रिक लक पनि छ, जसमा सवारी गर्दा सामानहरू सुरक्षित रूपमा राख्न सकिन्छ ।