सरकारले विद्युतीय सवारीलाई प्राथमिकतामा राखेकाे छ: अर्थमन्त्री पाैडेल |

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनको ४६औ वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले अटाे माेबाइल्स विलासिताकाे वस्तु नभएकाे बताएका छन्। उनले विलासिताकाे वस्तुकाे परिभाषा परिवर्तन हुँदै जाने बताए।
नाडा अटाेमाेबाईल एशाेसिएसनकाे ४६ अाैं बार्षिक उत्सब कार्यक्रममा अर्थमन्त्री पाैडेलले यस्ताे बताएका हुन । 'राज्यले सडक पूर्वधारमा अर्बाै लगानी गरेकाे छ। त्यसमा गुड्ने साधनलाई विलासिताकाे ट्याग लगाउन मिल्दैन,' उनले भने। विद्युतमा आत्मनिर्भर भई निर्यातकाे अभ्यास गरिरहेकाले विद्युतीय गाडीकाे प्रयाेग बढाउन नेपालकाे आवश्यक रहेकाे बताए। अर्थतन्त्रका बाह्य क्षेत्रमा सकरात्मक परिवर्तन भैरहेपनि केही सुचक जाेखिममा रहेकाले राज्यका बाध्यत्मक अवस्थाबारे पनि बुझ्न आवश्यक रहेकाे बताए।
काठमाडौंमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र माग भएकाेमा उनले जग्गा व्यवस्थापन मुख्य समस्या रहेकाे बताएका छन्। त्यसतै नाडाका अध्यक्ष ध्रुब थापाले अटाे क्षेत्र गम्भीर अवस्थामा रहेकाे बताए । उनले राज्यकाे नीतिले ८० प्रतिशत गाडी बिक्री घटेकाे छ भन्दै अटाे क्षेत्रमैत्री निर्णय गर्न अर्थमन्त्रीलाई आग्रह गरे ।