आदर्श लघुवित्तको २१.०५% लाभांश घोषणा |
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट २१.०५% लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार (माघ १८ गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई २०% बोनस सेयर र कर प्रयोजनार्थ १.०५% नगद गरी कुल २१.०५% लाभांश वितरण गर्ने भएको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण हुनेछ ।


