आइपीओ बिक्री गर्न थप दुई जलविद्युत कम्पनीले पाए धितोपत्र बोर्डको अनुमति |
काठमाडौंँ । नेपाल धितोपत्र बोर्डले दोल्ती पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति प्रदान गरेको छ । दोल्तीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो । यो आइपीओमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।
यता, भूगोल इनर्जीले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल १६ लाख ३१ हजार १६० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्नेछ । भूगोलको आइपीओमा पनि एनआइसी एसिया क्यापिटल नै बिक्री प्रबन्धक रहेको छ ।


