स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ६१.३६% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा स्टान्डर्ड चार्टर्ड बैंकको प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा बैंकको खुद नाफा ६१.३६% ले बढेर १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ८ करोड ६७ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १ अर्ब रुपैयाँ नाघेको छ ।
खुद ब्याज आम्दानी ७२.३०% ले बढेर २ अर्ब ८४ करोड ६० लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ६५ करोड १८ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ६१.९१% ले बढेर २ अर्ब ५१ करोड ३६ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६९ पैसाले बढेर ३७ रुपैयाँ १९ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५ पैसा थियो । प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७३ पैसा छ । खराब कर्जा ०.७२% छ ।


