राजस्व संकलनकोलागि खल्ती र ललितपुर महानगरपालिकाबीच साझेदारी |

काठमाडौँ । खल्तीले ललितपुर महानगरपालिकासँग आफ्नो राजस्व संकलन डिजिटलाइजेसनका लागि सहकार्य गरेको छ। करदाताले ‘खल्ती’ बाट ललितपुर महानगरपालिकाको घर बहाल कर, सम्पत्ति कर र व्यवसाय कर शुल्क तिर्न सक्नेछन्।
हालै काठमाडौं महानगरपालिकाको कर भुक्तानीका लागि पनि सोही सेवा उपलब्ध भएको थियो। त्यसैगरि ललितपुर महानगरपालिकाका बासिन्दालाई घर बहाल कर भुक्तानी सुविधा उपलब्ध भएसँगै खल्ती प्रयोगकर्ताले वडा कार्यालयमा नगइकनै विभिन्न कर तिर्न सक्नेछन् ।
यस सेवाका बारे थप बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, "डिजिटल भुक्तानी गर्ने क्षमता पहिलेभन्दा धेरै महत्त्वपूर्ण भएको छ, किनभने यसले व्यवसाय र उपभोक्ता दुवैलाई धेरै तरिकाले फाइदा पुर्याउँछ। यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेका छौं। ललितपुर महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा हजारौं घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउनेछ।
१. करदाताले तल बताइएको तरिका अनुसार ‘खल्ती’ छनौट गरि भुक्तापर्नेछ
२. “ललितपुर महानगरपालिका” छनौट गरि कर भुक्तानीकर्ता आईडी राख्नुपर्ने
३. कर भुक्तानी प्रकार छनौट गर्नुपर्ने
○ घर बहाल कर
○ सम्पत्ति कर
○ व्यवसाय कर
४. विवरणहरू प्रमाणित गरेपछि र भुक्तानी गर्ने
५. भुक्तानी विकल्प "खल्ती वालेट" वा "लिङ्क गरिएको बैंक खाता" चयन गर्ने
६. भुक्तानी गरेको बिल खल्ती को कारोबर सेक्सन् (ट्रान्ज्याक्सन हिस्ट्री) मा प्राप्त हुनेछ ।
ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards बाट सम्मानित, खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कहरू रहेका छन् ।