विश्वकप फुटबलको उपाधी दाबेदार बेल्जियम र जर्मनी समूह चरणबाटै बाहिरिए |

काठमाडौं । चारपल्टको च्याम्पियन जर्मनी फिफा विश्वकपको लगातार दोस्रो संस्करण समूह चरणबाटै बाहिरिएको छ ।
बिहीबार राती भएको खेलमा कोष्टारिकामाथि ४–२ गोलअन्तरको शानदार जित निकाले पनि समूहकै अर्को खेलको नतिजा अप्रत्यासित आउँदा जर्मनी समूह चरणबाटै बाहिरिएको हो । अर्को खेलमा जापानले स्पेनमाथि सनसनी जित निकालेर समूह बिजेता बन्न सफल भयो ।
यस्तै, निर्णायक खेलमा क्रोएसियासँग बराबरी खेलेपछि बेल्जियम कतारमा जारी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । समूह एफ अन्तर्गत बिहीबार राति भएको खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूहमा तेस्रो हुँदै बाहिरियो । बराबरीपछि क्रोएसिया भने समूह एफको उपविजेता बन्दै अन्तिम-१६ मा पुगेको छ ।