मेरो माइक्रोफाइनान्सको नाफामा भारी गिरावट |
काठमाडौं । मेरो माइक्रोफाइनान्सको खुद नाफामा भारी गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५५ लाख ८५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।
जुन गत वर्षको यसै अवधिको तुलनामा ८४.३७% ले घटेको हो । गत वर्ष भने यसले १६ करोड ३६ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी पनि ३६.०८% ले घटेको छ । यता, कम्पनीको इम्पेयरमेन्ट चार्ज ४२ लाख रुपैयाँबाट बढेर ३ करोड रुपैयाँ पुगेको छ ।
यस्तै, कम्पनीको सञ्चालन नाफा पनि ८५.२४% ले घटेको छ । यसले गर्दा मेरोको खुद नाफामा गिरावट आएको देखिन्छ । यस्तै, कम्पनीको खुद नाफा घटेपछि प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ८९ पैसाले घटेर ८ रुपैयाँ ५३ पैसा (वार्षिक) मा सीमित भएको छ । गत वर्ष भने प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ४२ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा छ ।


