सिप्रदीको अटोसम्बन्धी ६ महिने निःशुल्कसँगै रोजगारी |
काठमाडौं । सिप्रदी ट्रेडिङले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्कील–अप तालिम सम्पन्न गरेको छ । दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
नेपालभरी रहेका सिप्रदीका च्यानल पार्टनरहरु – आधिकारीक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रबाट सिफारिस भएका १२ जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका हुन् । तालिम सकेपछि सिफारिस गरिएको वर्कसपमा उनीहरुले रोजगार प्राप्त गरेको कम्पनीले जनाएको छ ।
कार्यक्रमको दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र खादा प्रदान गरे । समारोहमा प्रशिक्षार्थीहरुलाई बधाइ एवं शुभकामना दिँदै प्रमुख कार्यकारी अधिकृतले उत्पादन गरिएका टेक्निशीयनहरु नवीनतम प्रविधिका टाटा गाडीहरु समेत मर्मत सम्भार गर्न सक्षम रहेकाले, टाटा गाडीका ग्राहकले अझै उत्कृष्ट सेवा पाउने विश्वास व्यक्त गरे ।


