गुराँस लघुवित्त नोक्सानमा |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा गुराँस लघुवित्तले ६० लाख २२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३१ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी ६३.४१% ले घटेर ५९ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष ४९ लाख ७१ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष ६० करोड २२ लाख रुपैयाँ ऋणात्मक छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि २४ रुपैयाँ ७१ पैसा नोक्सानमा छ । प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ४३ पैसा छ ।




