सन्दीप लामिछानेलाई अदालत उपस्थित गराइँदै |
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्रेको थियो । तर दशैंको विदा परेका कारण अदालत बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराउन लागिएको हो । सन्दीपविरुद्ध परेको उजुरीमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई निश्चित दिन तोकेर म्याद दिने छ ।
कतारको दोहाबाट बिहीवार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै सन्दीप पक्राउ परेका थिए । प्रहरीले सन्दीपको हातमा हतकडी लगाएपछि कतिपयले प्रहरीको आलोचनासमेत गरेका थिए ।


