धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट, ३० हजार ९२९ जनाले पाए १० कित्ता शेयर |
काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओ बुधबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ३० हजार ९२९ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १८ लाख ६५ हजार ९२६ जनाले आवेदन दिएकामा १ हजार २८६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ ।
धौलागिरीले साउन २४ गतेदेखि २९ गतेसम्म कुल ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५% अर्थात् १६ हजार ५५० कित्ता सामुहिक लगानी कोष र ०.५% अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, धौलागिरी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।


