गुराँस लघुवित्तको नाफा ४२.२३% ले घट्यो |
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संस्थाको खुद नाफा ४२.२३% ले घटेर १ करोड २७ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले २ करोड २० लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा पनि यसको खुद मुनाफामा भने गिरावट आएको छ ।
असार मसान्तसम्म आइपुग्दा गुराँसको रिजर्भ कोष पनि १६.९७% ले घटेको छ । यसको रिजर्भमा ३ करोड २९ लाख २५ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रिजर्भमा ३ करोड ९६ लाख ५५ हजार रुपैयाँ जम्मा भएको थियो ।
यसको कस्ट अफ फन्ड बढेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ७७ पैसा रहेको छ ।


