नाफा बुक गर्नेहरु सक्रिय हुँदा नेप्से सामान्य दबाबमा, सूचकमा २.८१ अंकको झिनो गिरावट |
काठमाडौं । सेयर बजार मंगलबार सामान्य दबाबमा परेको छ । यस दिन नेप्से सूचकमा २.८१ अंकको झिनो गिरावट आएको छ । यससँगै सूचक २१९३.४३ विन्दुमा अडिएको छ । ३ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेडरहरुले नाफा बुक गरेपछि बजार केही प्रभावित भएको हो । छोटो समय कतिपय स्क्रिप्सहरुमा राम्रो मुनाफा भएपछि अल्पकालीन कारोबारलाई त्यसलाई बुक गरेको अनुमान गरिएको छ ।


