एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता |
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपाल प्रा. लि. सँग सम्झौता गरेको छ । सम्झौता पश्चात् बैंकका ग्राहकहरूले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सकिने छ ।
यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् र नेपाल भ्रमण गर्ने भारतीय पर्यटकहरूलाई नेपालमा भुक्तान गर्न पनि सहज हुनेछ । बैंकले आफ्नो ११६ शाखाहरू, ३१ राजस्व सङ्कलन काउन्टरहरू, १५० एटिएमहरू तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।


