कर्णालीदेखि कोशीसम्मका नदी जोड्ने बहुउद्देश्यीय सिंचाई परियोजनाको अध्ययन हुने |
काठमाडौं । सरकारले कर्णालीदेखि कोशीसम्मका नदीहरु जोड्ने बहुउद्देश्यीय सिंचाई परियोजनाको अध्ययन गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि घोषणा भएको बजेटमा कर्णालीदेखि कोशीसम्मका नदी जोड्ने सिंचाई परियोजनाको अध्ययन अघि बढाउने उल्लेख छ ।
बजेटमा विभिन्न नदी डाइभर्सन आयोजना पनि अध्ययन गर्ने उल्लेख छ । सर्वोच्च अदालतले रोक लगाएको कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनको अध्ययन पनि अघि बढाउने अर्थमन्त्री जनार्दन शर्माले बताए ।


