काठमाडौं । सरकारले घरायसी र व्यवसायिक प्रयोजनकाे एलपी ग्याँस बिक्री वितरणको नीति पुनरावलोकन गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा एलपी ग्याँसको प्रयोजनका आधारमा नीति लिने उल्लेख छ । अर्थमन्त्री शर्माले घरायसी र व्यावसायिक प्रयोजनकाे ग्यासको मूल्य अलग अलग तोकिने बताए ।