अब कृषि बाली सरह निजी जमिनको रुख बिक्री गर्न पाइने |
काठमाडौं । सरकारले निजी जमिनमा रहेका रुख विरुवा कटान गरी कृषि बाली सरह ओसारपोसार गर्न पाउने गरी कानुनी व्यवस्था ल्याउने भएको छ ।
आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले यस्तो कानुनी व्यवस्था ल्याउने जानकारी दिएका हुन् ।
अर्थमन्त्री शर्माले निजी क्षेत्रको सहभागितामा उत्पादित काठको गुणस्तर अभिवृद्ध गर्न काठ सिजनिङ तथा ट्रिटमेन्ट प्लान्ट सातै प्रदेशमा स्थापना गर्न सहुलितयपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था गरिने बताए ।


