सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै |
काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम आज मंगलबार जेठ १० गते साँझ ४ बजे संसदमा पेस हुने भएको छ । नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक–सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको नीतिलगायतका विषय छन् ।
संघीय संसद् र प्रदेश सभाको निर्वाचन मंसिरमा गर्नुपर्नेछ । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ ।


