बुटवल उपमहानगरपालिकामा खेलराज र सावित्राको अग्रता कायमै |
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका खेलराज पाण्डेले अग्रता कायम राख्दै लगेका छन् । एमालेको पकड भएको वडाहरूमा समेत गणना हुँदा पाण्डेको मत घटेको छैन । पछिल्लो विवरण अनुसार पाण्डेले ५१ सय बढीको मतान्तर बनाउँदै अग्रता कायम राखेका छन् ।
पाण्डेले १७ हजार ३६ मत ल्याएका छन् भने एमालेका बाबुराम भट्टराईले ११ हजार ९१३ मत ल्याएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र कुमार शेरचनले २७५० मत ल्याएका छन् ।
बुटवल गठबन्धन तर्फबाट उपमेयर चीन बहादुर गुरुङ्ग भने सुरु देखि नै पछाडि छन् । एमालेकी सावित्रा देवी अर्यालको अग्रता कायमै छ। अर्यालले १३ हजार १६४ मत ल्याएकी छन्। नेकपा एकीकृत समाजवादीका गुरुङले ९ हजार ५०४ मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी भगवती पाण्डेले ३९५१ मत ल्याएकी छन् । बुटवलमा अब ९र १३ वडाको गणना चलिरहेको छ ।


