काठमाडौं महानगरपालिकाको मतपेटिकाहरु राष्ट्रिय सभागृहमा, ८ बजेबाट मतगणना शुरु |
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय सभागृहमा जम्मा गरिएको छ।
निर्वाचन आयोगले साँझ ५ बजे नै मतदानको समय सीमा सकिने बताएअनुसार मतदान कार्य सम्पन्न भएपछि मतपेटिकाहरु अहिले राष्ट्रिय सभागृहमा जम्मा गरिएको हो।
काठमाडौं महानगरपालिकाको मतगणना कार्य आज ८ बजेबाट शुरु गरिने निर्वाचन आयोगले जनाएको छ।
अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ।


