रामेछापको दुई मतदान केन्द्रमा झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर |
रामेछाप । रामेछापको दुई मतदान केन्द्रमा झडप भएपछि स्थिति नियन्त्रण गर्न हवाई फायर गरिएको छ।
स्थानिय तहको निर्वाचनका दिन सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएको हो। र स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।
सुनापतिको वडा नं. २ मा मतदान केन्द्र बाहिर एउटा पक्षले अर्को पक्षकालाई कुटपिट गरेपछि तनाव सुरु भएको थियो। अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको उनले बताए।


