वैदेशिक रोजगारमा जाने कामदारको कोरोना परीक्षण अब निःशुल्क |
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा शुक्रबार बसेको यस मन्त्रायलको मन्त्रिस्तरीय निर्णयबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने व्यवस्था भएको हो ।
वीर अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पीसीआर परीक्षण गराउन सक्नेछन् । सबै प्रक्रिया पूरा गरिसकेर टिकट लिइसकेको श्रमिकलाई निःशुल्क परीक्षण गर्न थालिएको हो । यसअघि सरकारले पीसीआर परीक्षणको शुल्क रु ८०० तोकेको थियो । अब निःशुल्क हुनेछ ।


