एक सातामा सुनको भाउ तोलामा १४०० रुपैयाँले बढ्यो |
काठमाडौं । पछिल्लो एक सातामा सुनको भाउ तोलामा १४०० रुपैयाँले बढेको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन अर्थात् आइतबार प्रतितोला ९६ हजार रुपैयाँ ६०० रुपैयाँ रहेको छापावाला सुनको भाउ शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको भाउ पनि एक सातामा प्रतितोला ३० रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँ कायम भएको छ । साताको पहिलो दिन अर्थात् आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।


