फ्रेसो क्याण्डिको विज्ञापन अभियान ‘फ्रेसो ब्रेथ’ सुरु |
काठमाडौं । सुजल फुड्सले फ्रेसो ब्रेथ नाराका साथ फ्रेसो क्याण्डिको विज्ञापन सुरु गरेको छ । यस विज्ञापन अभियानमा फ्रेसो क्याण्डि भनेकै ताजा स्वास भनेर प्रचार गरिएको छ । फ्रेसो क्याण्डिले स्फूर्तिदायी ताजा स्वास प्रदान गर्नुको आत्मविश्वास बढाउँछ भन्ने सन्देशसहित यो विज्ञापन अभियान सुरु गरिएको हो ।
फ्रेसो क्याण्डिले किशोर र युवा वर्ग विचको रमाइलो र स्फूर्तिदायी क्षणहरु चित्रण गर्दछ । किशोर र युवा वर्गहरु स्वभावले सामान्यता चञ्चले र रमाइलो स्वभावको हुन्छन् । फ्रेसो क्याण्डिले युवा वर्ग विचको सुन्दर रोमान्टिक क्षण चित्रण गरेको छ । यस विज्ञापनका एक किशोर किशोरीप्रति आकर्षित हुन्छन् र फ्रेसो क्याण्डिको ताजा स्वास तथा आत्मविश्वासको कारणले किशोरीसँग त्यो क्षणमा रमाएको देखाइएको छ ।
किशोर र युवाहरूलाई लक्षित गर्दै यो सन्देश विभिन्न मिडियाहरुमा, प्रसारण तथा संचारका माध्यमहरू जस्तैः डिजिटल बोर्डहरू, सामाजिक साइटहरू, चलचित्र थिएटर र अन्य प्रकाशन प्लेटफर्महरू मार्फत राज्यभर विज्ञापन गरिएको छ ।
फ्रेसो क्याण्डि नेपाली मिन्ट क्यान्डी उद्योगमा एक प्रभानशाली हिस्सा भएको क्यान्डी हो । फ्रेसो क्याण्डिमेन्थालिप्टस फ्लेवर क्यान्डी हो, जसले स्फूर्तिदायी सास प्रदान गर्दछ र साथसाथैै ताजगीभरि स्वास र शीतलताको अनुभूति प्रदान गरेर मुखलाई ताजापन दिन्छ । आर्कषक बनावट र लामो समयसम्म प्राप्त हुने उत्कृष्ट मिन्ट स्वादले सास ताजा बनाउने र शीतलता प्रदान गर्नुको साथसाथै आत्म–विश्वास बढाउन पनि मद्दत गर्दछ ।
फ्रेशो सुजल फुड्स प्रालिको लोकप्रिय उत्पादनहरूमध्ये एक हो । सुजल फुड्स प्रा. लि. आइएसओ २२०००ः२०१८ प्रमाणित कम्पनी लक्ष्मी समूहको सहायक कम्पनी हो जुन विगत ४८ वर्षदेखि सञ्चालनमा रहेको छ । फ्रेशो क्यान्डी कडा स्वच्छता नियमहरू र स्वास्थ्य मापदण्डहरू पछ्याएर अत्याधुनिक प्रविधिहरूका साथ योग्य कन्फेक्शनर्सहरूद्वारा उत्पादन गरिन्छ । फ्रेशो साथसाथै सुजल फुड्स प्रा. लि.ले नेपालको सबैभन्दा प्रतिष्ठित तथा लोकप्रिय कन्फेक्शनरी ब्रान्डहरू चोकोफन, रसिलो, क्रेभ इत्यादिहरु पनि उत्पादन गर्दै आएको छ ।


