डिजिटल लर्निङ डेमा मेरो स्कूलको अफर, १ रुपैयाँमा कक्षा एकदेखि १२ सम्मको कोर्स |
काठमाडौं । फेब्रुअरी २२ अर्थात अन्तरराष्ट्रिय डिजिटल लर्निङ डेको अवसरमा डिजिटल इ–लर्निङ्ग प्लाटफर्म मेरोस्कूलले विद्यार्थीका लागि उपहार लिएर आएको छ।
यस दिन मेरोस्कूलले विद्यार्थीहरुका लागि केबल एक रुपैयाँमा विभिन्न पाठ्यक्रमहरु उपलब्ध गराउने भएको छ। विद्यार्थीहरुले यस दिन केबल १ रुपैयाँमा कक्षा १ देखि कक्षा १२ सम्मको कोर्सहरु खरिद गर्न सक्नेछन्। अन्य दिनहरुमा खरिद गर्दा प्रतिमहिना १४९ रुपैयाँदेखि ४९९ रुपैयाँसम्म पर्ने कोर्सहरु, यस दिन केबल एक रुपैयाँमा मात्र प्राप्त गर्न सकिनेछ।
यसका लागि विद्यार्थीहरुले गुगल प्लेस्टोर अथवा एपस्टोरमा गइ मेरोस्कूल एप डाउनलोड गरी साइन इन गर्नुपर्ने हुन्छ। त्यसपछि आफुलाई आवश्यक परेको पाठ्क्रम खोजी त्यसमा क्लिक गर्ने। त्यसपछि ‘बाइ नाउ’ बटनमा क्लिक गरी ‘चेक आउट’ बटनमा क्लिक गर्नुपर्नेछ। त्यसपछि स्मार्ट गेटवे र बैंक पेमेन्टको विकल्प देखिनेछन्।
स्मार्ट गेटवेमा क्लिक गर्दा प्रयोगकर्ताले, खल्ती, ईसेवा, कनेक्ट आईपीएस, फोन पे, कार्ड पेमेन्ट, आइएमई पेको विकल्प प्राप्त गर्न सक्नेछन्। त्यसमध्ये कुनै विकल्प प्रयोग गरी प्रयोगकर्ताले आफुले चाहेको कोर्स खरिद गर्न सक्नेछन्। यसका साथै बैंक पेमेन्ट विकल्प प्रयोग गरी आफ्नो बैंकबाट आफुले चाहेको कोर्सका लागि भुक्तानी गर्न सक्नेछन्।
के हो मेरोस्कूल?
मेरोस्कूल एक डिजिटल इ–लर्निङ्ग प्लाटफर्म हो जहाँ तपाईले नेपाल सरकारको पाठ्याक्रममा आधारित २० हजारभन्दा धेरै भिडियोहरु पाउनु हुनेछ। यसका साथै यहाँ तपाईले पुराना प्रश्नपत्रहरु हल गरिएका भिडियोहरु पनि पाउन सक्नुहुनेछ।
यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ। यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन्।


