फागुनको पहिलो सातामा बैंकिङ निक्षेप एक अर्बले बढ्दा कर्जा माग ४ अर्बले बढ्यो |
काठमाडौं । फागुन महिनाको पहिलो हप्ता २७ वाणिज्य बैंकहरुको निक्षेपमा सामान्य सुधार आएको छ । अघिल्लो हप्ता अर्थात गत माघ २१ गतेदेखि २९ गतेसम्म कुल ४३ खर्ब ११ अर्ब निक्षेप संकलन गरेकामा पछिल्लो हप्ता अर्थात् माघ २९ गतेदेखि फागुन ६ गतेसम्म २७ वाणिज्य बैंकहरुले एक अर्बले निक्षेप वृद्धि गर्दै ४३ खर्ब १२ अर्ब निक्षेप संकलन गर्न सफल भएका हुन् ।
तर, सोही अवधिमा यता बैंकहरुको कर्जा लगानी निक्षेपको तुलनामा चार गुणाले बढेको छ । नेपाल बैंकर्स संघले दिएको रिपोर्ट अनुसार फागुन ६ गतेसम्म बैंकहरुले जम्मा एक अर्बले निक्षेप बढाउँदै गर्दा यता कर्जा लगानी चार अर्बले बढेको छ । गत माघ २९ गतेदेखि फागुन पहिलो हप्ता अर्थात् फागुन ६ गतेसम्म ४ अर्बले निक्षेप बढाउँदै बैंकहरुले कुल ४१ खर्ब ५९ अर्ब कर्जा लगानी गरेका छन् । अघिल्लो हप्ता अर्थात् माघ २१ गतेदेखि २९ गतेसम्म यस्तो लगानी २७ वाणिज्य बैंकहरुले ४१ खर्ब ५५ अर्ब गरेका थिए ।


