नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा एक तोला सुन उपहार |
काठमाडौं । नेपाल बैंक लिमिटेडको बीरगन्ज स्थित आदर्शनगर शाखाका ग्राहक राजु कुमार केसीलाई एक तोला सुन उपहार दिएको छ।
केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्र्तगत एक तोला सुन उपहार प्राप्त गरेका हुन्।
बैंकको आदर्शनगर शाखामा आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख शिवराम मिश्रले एक तोला सुन उपहार विजेता राजु कुमार केसीलाई हस्तान्तरण गरे।
कार्यक्रममा बैंकका सिटी अफिस बीरगञ्ज शाखाका शाखा प्रबन्धक होमनाथ दाहाल, आदर्शनगर शाखाका शाखा प्रबन्धक रामबाबु कुमार लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा उपहार विजेता राजु कुमार केसीले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विभिन्न कारोबार गर्दा उपहार स्वरुप सुन पाउँदा आफुलाई धेरै खुशी लागेको तथा आफ्ना साथीभाई, नातागोता र छरछिमेकीलाई समेत नेपाल बैंक लिमिटेडको मोबाइल एप प्रयोग गर्न सुझाब दिने बताए।
त्यसैगरि नेपाल बैंक लि.का मधेस प्रदेश कार्यालयका प्रमुख मिश्रले उपहार विजेतालाई बधाई दिँदै नेपाल बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुको संख्या दिन प्रतिदिन उल्लेख्य रुपमा बढ्दै गएको जानकारी गराउँदै प्रभावकारी ग्राहक सेवा दिन बैंक प्रतिबद्ध रहेको बताए।


