‘यती ब्लण्ड’ बजारमा |
काठमाडौं । यती ब्रुअरी नेपालको ब्रुइङ्ग कम्पनीले नयाँ बियर ‘यती ब्लण्ड’ सार्वजनिक गरेको छ । ‘स्पिरिट अफ द माउन्टेन्स’ स्लोगन बोकेको यो एक प्रिमियम क्राफ्ट बियर हो । बियर उत्साहीहरूलाई लक्षित गरिएको यती ब्लण्ड बियरले हिमाली आभास झल्काउँने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो क्राफ्ट बियर उत्कृष्ट हप्स, माल्टेड जौ, यिस्ट र प्राकृतिक हिमाली पानीबाट तयार परिएको छ । यसमा अल्कोहलको मात्रा ५.२५ रहेको छ । यती ब्लण्ड प्रिमियम क्राफ्ट बियर, पुल (अफ क्याप सहित ३३० मि. लि. र ६५० मि. लि. को बोतलमा उपलब्ध छन् । जसको मूल्य क्रमशः रु. १८० र रु. ३५० रहेको छ ।


