६ महिनामै भित्रिए २५ अर्ब रुपैयाँका ३५ लाख मोबाइल सेट |
काठमाडौं । चालु आर्थिक बर्ष २०७८÷७९को ६ महिनामा २५ अर्ब ६२ करोड बराबरका मोबाइल फोन आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार २५ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ओटा मोबाइल भित्रिएका हुन् ।
गत आर्थिक २०७७/०८८को पुससम्म नेपालमा २० अर्ब ६३ करोडका रुपैयाँ बराबरको मोबाइल आयात भएको थियो ।
नेपाली बजारमा सबै भन्दा बढी चीन र भारत र भियतनामबाट मोबाइल आउने गरेको भन्सार विभागले जनाएको छ ।
चालु आवको ६ महिनामा चीनबाट मात्रै १५ अर्ब ४९ लाख रुपैयाँ बराबरको मोबाइल भित्रिएको छन् भने भारतबाट ९ अर्ब ५० करोड र भियतनामबाट ७८ करोड ९५ लाख ८० हजार रुपैयाँ बराबरको मोबाइल आयात भएको तथ्याङ्कमा उल्लेख छ ।
चालु आवको ६ महिनमा भित्रिएका मोबाइलबाट सरकारले चार अर्ब पाँच करोड राजस्व सकलन गरेको छ ।



