हिमालयन बैंकद्वारा संकटा क्लबलाई रु. १० लाख प्रदान |
काठमाडौं । हिमालयन बैंकले सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्युरोड स्थित संकटा क्लबलाई रुपैयाँ १० लाख प्रदान गरी प्रायोजन गरेको छ ।
बैंकले सो रकम खेलाडीहरूको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरूप प्रदान गरेको जनाएको छ । बैंकले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकास र प्रवर्द्धननमा योगदान प्रदान गर्दै आएको छ ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका महासचिब रमेश धोज बस्नेतलाई हस्तान्तरण गरे ।
Visited 1 times, 1 visit(s) today


