रिभर फन बिच रिसोर्टमा सुरु भयो जीपलाइन, स्काइ साइक्लिङ पनि सुरु हुँदै |
काठमाडौं । बाह्र बर्षदेखि रिसोर्ट ब्यवसायमा लोकप्रिय कम्पनी रिभर फन बिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बट्टारमा रहेको अाफ्नै रिसोर्टसम्म पुग्ने गरी निर्माण गरको जीपलाइनको परिक्षण उडान सफल भएको छ ।
५ सय ५८ मिटर लामो जीपलाइनको अधिकांश भाग त्रिशुली नदी माथि पर्ने कारण झनै साहासिक र रोमान्चक हुने रिभर फन बिच रिसोर्ट प्रालिका प्रवन्ध निर्देशक शंकर अधिकारीले बताए ।
अधिकारी दुई दशक देखि र्याफ्टिङ लगायत एड्भेन्चर ब्यवसायमा आवद्ध छन् । नदी माथिको रोमान्चक उडान हुने भएकाले जीपलाइन नेपालकै नमूना हुने अधिकारी बताउँछन् ।
परीक्षण उडान सफल भएकोले अव केही हप्ता भित्रै आवश्यक प्रक्रिया पूरा गरि व्यवसायिक बुकिङ लिइने बताइएको छ । जीपलाइन खेल्न प्रति ब्यक्ति १ हजार ५ सय र फोटो भिडियोको थप ५ सय लाग्ने बताइएको छ ।
फोटो भिडियोको काम एड्भेन्चर क्षेत्रको भिडियोग्राफीमा परिचित कम्पनी मदानी मिडिया नेटवर्कले गर्ने अधिकारीले बताए ।
१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने जीपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए ।
९५ मिटर स्काइ रोप साइक्लिङ समेत निर्माण भइरहेको परियोजना डिजाइनर मुकेश अधिकारी सिभिल इन्जिनियरले जानकारी दिए ।
मिनि जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ । जीपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ‘रिभर फन क्याफे’ सन्चालन गर्ने तयारी रहेको छ ।
कफी बार, कक्टेल, मक्टेल, क्रन्ची लगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटम सहित क्याफे सन्चालन गरिने बताइएको छ ।
जीपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ७ करोड खर्च हुने अनुमान गरिएको छ । रिसोर्टमा ७० जना अट्ने नयाँ कोठाहरु समेत थप भइरहेको छ ।


