स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश प्रस्ताव पारित |
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २० औं वार्षिक साधारण सभा विहीवार काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ मा रु.६८ करोड ६२ लाख ५१ हजार ५ सय ७१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
चालु आ.व.को मंसिर मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ५४ हजार ९ सय ८७ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.१९ डढअर्व ४९ करोड ८७ लाख ४ हजार पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.११ अर्व ३ करोड ६३ लाख ४५ हजार रहेको छ ।


