‘द अवार्ड फर कर्पाेरेट एक्सिलेन्स” र ”द अवार्डस फर डिस्टिंग्युज्ड सर्भिस”काे आयोजना हुँदै |
काठमाडौं । कोर्पोरेट क्लब नेपाल, (ग्रोथ सेलेर्सको सिस्टर कन्सर्न)ले कर्पोरेटमा भएका राम्रा गतिविधि र प्रक्रियाहरुलाई प्रोत्साहन गर्न "'द अवार्ड फर कर्पाेरेट एक्सिलेन्स (एसीइ)'' र समाजलाई प्रेरणादायक सेवा प्रदान गर्नेहरुलाई प्रोत्साहन गर्न ''द अवार्डस फर डिस्टिंग्युज्ड सर्भिस (एडिएस)'' आयोजना गर्न लागेकाे छ ।
''द अवार्ड फर कर्पाेरेट एक्सिलेन्स''ले कर्पोरेटको विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गर्ने छ भने यससंगै ''द अवार्डस फर डिस्टिंग्युज्ड सर्भिस''ले समाजलाई निस्वार्थ भावनाका साथ सेवा प्रदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गरिनेछ । कोर्पोरेट क्लब नेपालले यसअघि एचआर मिट, सेल्स समिट र नेशनल म्यानेजमेन्ट कनक्लेभ जस्ता ज्ञान मूलक विभिन्न प्रकारका कोर्पोरेट कार्यक्रम आयोजनाको जिम्मा लिएर सफलता पुर्वक सम्पन्न गरिसकेको छ ।
यी अवार्डहरु आयोजना गर्नुको उद्देश्य भनेको कोर्पोरेट निती, कार्यक्रम र प्रदर्शनको पहिचान गर्न र सामाजिक तथा व्यावसायिक उत्तरदायित्व र योगदानको पहिचान गर्नु रहेकाे जनाइएकाे छ । कोर्पोरेट क्लब नेपालले बिगत एक बर्ष देखि यो कार्यक्रमको योजना गरिरहेको थियो र सो योजनालाई वास्तविकतामा परिणत गर्नका लागि द साेिल्ट काठमाडाैंमा मा २३ पौष २०७८ मा कार्यक्रमको आयोजना गर्न लागिएको हाे।
यो कार्यक्रमका लागि पांच महिना अगाडिदेखि नै नेपाली समाजका बौद्धिक तथा विभिन्न निजी सरकारी र शैक्षिक क्षेत्रमा रही समाजलाई योगदान गरेका सात जनाको निर्णायक मण्डल गठन गरिएको थियो । सो निर्णायक मण्डलका पटक पटक बसिएका बैठकहरुले अवार्डको मापदण्ड, विभिन्न विधाहरु परिभाषित गर्नुका साथै परिष्कृत गर्दै इन्स्टिच्युसनल एक्सिलेन्स क्याटगरीमा ११ ओटा, इन्डिभिजुयल एक्सिलेन्स विधामा २ ओटा, इन्स्टिच्युसनल डिस्टिंग्युस्ड विधामा २ ओटा, इन्डिभिजुयल डिस्टिंग्युस्ड विधामा १ ओटा र इन्स्टिच्युसन बिल्डरमा केहि गरी जम्मा १७ ओटा विधामा १९ ओटा अवार्ड प्रदान गरिदै छ । यस अवार्डको लागि विभिन्न व्यक्ति तथा संस्थाहरुको जानकारी संकलनका लागि छुट्टै रिसर्च कम्पनीलाई आउटसोर्स गरिएको थियो जसले सिधै निर्णायक मण्डललाई डेटा उपलब्ध गराउने काम गरेको थियो र त्यसपछि सो रिसर्च कम्पनीबाट प्राप्त सूचनाको आधारमा निर्णायक मण्डलद्वारा डिजाइन गरिएको रेटिंग स्केलमा सबै निर्णायक मण्डलले गरेका नम्बरिंगको आधारमा बिजेता छानिने छ ।
यस अवार्डले प्रोत्साहन गर्नका निम्ति गर्ने सम्मानले व्यक्ति तथा संस्थालाई भावी दिनहरुमा पनि आउने पुस्तालाई प्रेरित गर्ने, इमान्दार र कर्मठ भई काम गरेर राष्ट्रको व्यावसायिक, संस्थागत र सामाजिक पूंजीलाई समृद्ध गर्ने बिश्वास लिएकाे जनाइएकाे छ ।


