सिद्धार्थ बैंकद्वारा देशका विभिन्न ऐतिहासिक स्थालहरुमा सरसफाइ कार्यक्रम |
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणलाई सफा राख्न सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । यस सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
वातावरणलाई सफा राखी सुन्दरता कायम गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशका निम्न लिखित २३ स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरिएको होे ।
प्रदेश १काे विराटनगरकाे बनसखन्डी मन्दिर, ईटहरीकाे श्री कृष्ण प्रणामी मन्दिर, दमककाे नमुना मार्ग, ईलाम बजारकाे मेन चोक, काकडभिट्टाकाे सुपारी लाइन देखि हनुमान मन्दिरमा सरसफाइ गरिएकाे थियाे । यस्तै प्रदेश २ स्थित विरगञ्ज चिनी मिल क्षेत्रकाे शिव मन्दिर, जनकपुरकाे राम मन्दिरमा पनि साे कार्यक्रम गरियाे ।
सरसफाइकै क्रममा बाग्मती प्रदेशकाे स्वयम्भूनाथ स्तूप, बुढानिलकण्ठ मन्दिर, चाबहिल गणेश मन्दिर, बंगलामुखी मन्दिर, सुर्यविनायक गणेश मन्दिरमा समेत सफा गरिएकाे छ । गण्डकी प्रदेशकाे मनकामना मन्दिर र लुम्बिनी प्रदेशकाे भैरहवास्थित सोमाई माई मन्दिर, तुल्सीपुरस्थित कालिका मन्दिर परिसर, नेपालगञ्जस्थित बागेश्वरी मन्दिर र हडिंया बाबा आश्रम परिसरमा पनि सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ ।
बैंकले कर्णाली प्रदेशस्थित बिलासपुर मन्दिर परिसर, दैलेख, कृष्ण मन्दिर र चन्दननाथ मन्दिर परिसर, जुम्ला, कालिका मन्दिर परिसर, मुसिकोटमा तथा सुदूरपश्चिम प्रदेशकाे शिवपुरीधाम, धनगढी, टिकापुर चोक, उग्रतारा मन्दिर, डढेलधुरामा सरसफाइ कार्यक्रम आयोजना गरेकाे थियाे ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वातावरण, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि योगदान पुर्याउँदै आएको जनाएकाे छ ।आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकले लिएको छ ।


